वीरगन्ज, १८ कार्तिक ।
वीरगन्जस्थित रानीघाटमा रहेको नवनिर्मित यूनिक बेकरी प्राइभेट उधोगको पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले उदघाटन गर्नुभएको छ । सांसद यादवले बेकरीको उद्घाटन गर्दै स्वदेशी कच्चा पदार्थमा आधारित साना तथा घरेलु उधोगहरुको लगानीलाई प्रभावकारी बनाउन संघीय तथा प्रादेशिक सरकारले प्रभावकारी नीति ल्याउन आवश्यकता रहेको बताउनु भएको थियो ।
सांसद यादवले विश्व नै आर्थिक मन्दीको अवस्थाबाट गुर्जी रहेको समयमा हामी जस्तो साना देशहरु अर्थतन्त्रलाई घरेलु उधोगहरुको संरक्षण सम्बद्धनबाट ठुलो टेवा पुग्न सक्ने धारणा व्यक्त गर्नुभएको थियो । लगभग ७० लाखको चालु पुजीमा अत्याधुनिक मेसिनहरुबाट निर्मित हुने बेकरी उधोगमा टोस्ट, पिजा, बर्गर, सैन्डवीच, केक, पेष्ट्री, ब्रेड लगायतका सामग्रीहरु उदपादन हुने उधोगका संचालक जौवाद अहमदले जानकारी गराएका थिए । उनले स्वचालित मेसिनहरुबाट निर्मित हुने उक्त बेकरी उधोग वीरगन्जको पहिलो बेकरी उधोग भएको समेत जानकारी गराएका थिए ।