चाडबाडको समयमा यात्रुहरुलाई ठग्ने टाटासुमो पक्राउ

13

संतोष रन्जितकार
वीरगंज, १८ कार्तिक ।
चाडबाडको मौका छोपी बीरगंजबाट काठमाडौं आवत–जावत गर्ने यात्रुहरुलाई ठग्ने टाटासुमोहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  बीरगंजबाट काठमाडौं आवत–जावत गर्ने यात्रुहरुलाई तोकेको दर भन्दा बढी भाडा लिएको गुनासो र उजुरीको आधारमा उक्त टाटासुमोहरुलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार बिहानै देखि सवारी चालकहरुले सवारी साधनहरु लुकाई गाडी नभएको भन्दै बढी भाडा लिई रहेको यात्रुहरुले गुनासो गरेपछि उपभोक्ता हित संरक्षण मञ्च बिरगंज नगर कमिटीले त्यसबारे स्थलगत निरीक्षण गर्दा बिरगंजको बसपार्कममा सेन्डिगेट भएको टाटा सुमोको काउन्टर नभएको र यस बिषयमा सुमो काउन्टरमा बुझ्दा चाडवाडमा काउन्टर नहुने जबाफ दिएका थिए । यस सम्बन्धमा बिरगंज बसपार्क प्रहरी चौकीमा सम्पर्क गर्दा प्रहरी ईन्चार्ज प्रहरी नायब निरीक्षक श्यामकिशोर यादव स· भेट नभएको र ट्राफिक प्रहरीहरुले बढी भाडा लिने टाटा सुमोलाई कारवाही गर्ने गरेको बताएको थियो ।

त्यसैगरी टाटासुमोहरुले बसपार्क भन्दा अगाडि रहेको ग्यारेजमा गाडी राखेर कसैलाई नभन्ने शर्तमा टिकटमा ५ सय ५० लेखी १ हजार देखि १२०० सम्म रकम लिने गरेको यात्रुहरुले देखेपछि फोन गरि जानकारी गराएका थिए । बढी भाडा लिने टाटासुमोलाई कारवाही समेत गरिएको थियो । बढी भाडा लिनेमा बिरगंज देखी काठमाडौं जाने दक्षिणकालि ट्राभल्सको ना. १ ज ५३२६ नम्बरको टाटासुमो रहेको सो गाडिमा सवार वीरगंज–१३ निवासी महमद काजीले उपभोक्ता हित संरक्षण मंच बिरगंज नगर अध्यक्ष अजित भुजेललाई बताएका थिए । सो टाटासुमोका चालक रोशन बस्नेतले बढी भाडा लिएकोले भाडा फिर्ता गराई लाईसेन्स र बुलुबुक लिई काठमाडौं पठाइएको थियो । चालक रोशनको भनाइ अनुसार काउन्टरमा यात्रुहरुसंग बढी पैसा लिई टिकट काट्ने गरेको र हामीलाई कम रेटको दरले पैसा दिने गरेको बताए । चाडबाडको बेला गाडीहरु कमहुने, भएको पनि लुकाईदिने, बढी भाडामा रिर्जब भनेर जाने गरेको र यात्रुहरुसंग सोधपुछ गर्दा ५५० रुपैया नै लिएको भन्न लगाएको र बढी रकम भनेमा प्रहरीले गाडी समातेर राख्छ र तपाईहरुलाई काठमाडौं जान गाह्रो हुने भएकोले सहि भाडा लिएको भनिदिनु होला भनेर भन्ने गर्दछ । यस सम्बन्धमा सम्बन्धित निकायहरुको ध्यान जानु अति आवश्यक रहेको पिडित यात्रु लखन पटेलले गुनासो पोखेका थिए ।