श्रीमतिको हत्या गर्ने श्रीमान प्रहरीको फन्दामा

11

संतोष रन्जितकार
वीरगंज, १९ कार्तिक ।
श्रीमतिको हत्या गर्ने श्रीमानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारत बेतिया जिल्ला बरवा पन्चायत १० भंगवा थाना माईती घर भई हाल पर्सा जिराभवानी गाउँपालिका वडा नं. ३ परसवा बस्ने कपिल पासवानको छोरी बर्ष १९ की निपु देवी र उनका श्रीमान पर्सा जिराभवानी गाउँपालिका वडा नं. ३ परसवा बस्ने भिखारी हजरा दुसादको छोरा बर्ष २८ को केदार भन्ने रामबाबु हजरा दुसादसँग आफmनो दिदीको गवना कार्यक्रममा जाने त्रममा वादविवाद हुदा श्रीमान रामबाबुले आफ्नै श्रीमति निपु देवीको कर्तव्य गरी मारेका हुन् ।
उनीहरु दुवैजना द्यच्द्दद्दःद्धछण्ड नं.को स्पेलेण्डर प्रो मोटरसाईकल चढी भंगाहा थाना स्थित माईती जाने क्रममा वादविवाद हुदा श्रीमान रामबाबुले पेट्रोल सक्कियो म पेट्रोल लिएर आउँछु भनी झुक्याई बागमोर्चा चोकबाट चक्कू किनी सुस्ता खोलाको छेउमा लगी दिनको करिब १२ बजेको समयमा हत्या गरेका थिए ।
हत्या पश्चात आफ्नो श्रीमतिको शवलाई त्यही स्थानमा छोडी उनी फरार समेत भएका थिए । पछि प्रहरीले सो खबर पाउने बित्तिकै मुचुल्का उठाई निपु देवीको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाएको थियो, र उनको श्रीमानको खोजतलास गरी सोमबार पक्राउ गरेको थियो ।
पक्राउ परेका रामबाबु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।