स्लो मोटरसाईकल रेस प्रतियोगिता सम्पन्न

83

संतोष रन्जितकार
वीरगंज, १८ कार्तिक ।
पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपुरमा सोमबार रेस प्रतियोगिता सम्पन्न भएको छ । भिखमपुरको अस्पताल प्रा·णमा स्लो बाईक रेस तथा बसमा चढी कुखुरा समाउने प्रतियोगिता समपन्न भएको हो । बाईक स्लो रेस प्रतियोगिताको पर्सा क्षेत्र नम्बर ३ का नेकपाका जिल्ला सदस्य सुरेश पटेलले उद्घाटन गर्नुभएको थियो भने बसमा चढी कुखुरा समाउने प्रतियोगिताको उद्घाटन भिखमपुर जन सामुदायिक विकास केन्द्रका अध्यक्ष सन्तोष पटेलले गर्नुभएको थियो ।
स्लो बाईक रेस प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो भने सो प्रतियोगितामा प्रथम स्थान हासिल गरेका रुपेस साहलाई नगद २ हजार १ सय पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी दोस्रोमा अमित पटेललाई १ हजार १ सय १ रुपैया र तेस्रो पुरन साहलाई ५ सय ११ रुपैया पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी अर्कोतर्फ बसमा चढी कुखुरा समाउने प्रतियोगितामा ३७ जनाले भाग लिएकोमा प्रथम स्थान हासिल गरी बिजयी भएका भोला रामलाई ५ किलोको लोकल कुखुरा एक थान प्रदान गरिएको थियो ।
आयोजक संस्था भिखमपुर युवा समाज समितिका अध्यक्ष राजु पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपाका जिल्ला सदस्य हरि पटेल, सिमा प्रहरी चौकी जानकीटोलाका प्रहरी नायब निरीक्षक श्याम यादव लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/