दुई दिने निःशुल्क होमियोप्याथी स्वास्थ्य शिविर

6

संतोष रन्जितकार
वीरगंज, २० कार्तिक ।
अहमदिया संघ नेपालले पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ५ प्रसौनीभठ्ठामा बुधबार दुई दिने निःशुल्क होमियोप्याथी स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविर बिन्दबासिनी गाउँपालिका वडा नं ५ प्रसौनीभठ्ठामा रहेको श्री मसरुम पब्लिक आधारभुत विधालयको प्रा·णमा सम्पन्न भएको हो ।
शिविरमा मधवल, प्रसौनी, झौवा, इटियाही, जगतपुर, मन्नपुर लगायतका गाउँहरुबाट करिब ३५० जनाले चेकजाँच गराई शिविरको लाभ उठाएका थिए ।
सो शिविरमा गेठिया, दर्द, टोनसिल, बवासिर लगायतका विभिन्न रोगहरुको भारतको पंजाबबाट आएका डाक्टर महम्मद बदर अहमद साहेबले चेकजाँच गरेका थिए भने शिविरमा निःशुल्क होमियोप्याथी औषधी समेत वितरण गरिएको थियो ।
अहमदिया मुस्लिम जमातले आयोजना गरेको शिविरमा जमातका कार्यकर्ता निर अब्दुल हफिज, इसराइल अहमद, डा. अब्दुल्लाह सजाद हुसेन लगायतका स्थानियवासीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।