प्रदेश सरकारले अगाडि सारेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानलाई सफल तुल्याउन राष्ट्रपतिको आग्रह

वीरगञ्ज, २१ कात्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका तराईको उर्वरभूमि, पहाडका सुन्दर शृफ्ला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ । नेपाली चलचित्र प्रदर्शन ५४ औँ वर्षमा प्रवेश गरेका उपलक्ष्यमा वीरगञ्जमा आयोजित ॅनेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६’ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक, भाषिक क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याएको नेपाली चलचित्र जगतलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

 

यस प्रसंगमा प्रदेश नं. २ को प्रदेश सरकारले समाजमा महिलाको उत्थान र विकासका लागि अगाडि सारेको बेटी पढाऔँ, बेटी बचाऔँ अभियानलाई सफल तुल्याउन चलचित्रकर्मीहरूलाई हार्दिक आव्हान समेत गर्नु भएको थियो ।
विकासको साझा आकांक्षा साकार तुल्याई समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय दायित्वमा चलचित्र क्षेत्र अग्रसर हुने विश्वास समेत लिएको वहाँले उल्लेख गर्नुभयो ।

नेपाल उधोग वणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा सूचना तथा प्रविधि मंत्री गोकुल बास्कोटा प्रदेश २ का मुख्यमंत्री म.लालबाबु राउत,बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

तीन दिन सम्म चल्ने महोत्सवमा भाग लिन नेपाली सिनेजगतका चर्चित कलाकारहरुको जमघट बीरगंजमा भएको छ । बरिष्ठ कलाकार निर शाह, हरिवंश बसुन्धरा भूसाल,भूवन चन्द आचार्य शिव श्रेष्ठ भूवन के.सी. सरोज खनाल धिरेन शाक्य दीपक राज गिरी ,दीपा श्री ,निता ढुगाना ,निरुता सिंह,वर्षा राउत राजा शम्भूजीत बासकोटा ,चेतन सापकोटा,राजेन्द्र लगायत दर्जनौ कलाकारहरुको सहभागिता रहेको छ ।

यस अघि कलाकारहरुको सहभागितामा बीरगंजमा बिहान प्रभात फेरी निकालिएको थियो । बीरगंजको घण्टाघरबाट निस्किएको प्रभात यात्रा आदर्शनगर रंगशालामा पुगेको थियो ।

Get real time updates directly on you device, subscribe now.