सखुवा प्रसौनी गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

27

वीरगंज, २० कार्तिक ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ को वडाअध्यक्षको स्थानीय तह उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बुधबार एक कार्यक्रमको बिच स्थापना भएको छ । सो गाउँपालिकाको वडा नं. २ मा रहेको श्री दिपनरायण उच्च माध्यमिक विद्यालयको भवनमा उपनिर्वाचनको लागि निर्वाचन अधिकृत प्रकाश खरेलले बोर्ड पढेर उद्घाटन गर्नु भएका थिए ।
सखुवा प्रसौनी गाउँपालिका प्रमुख प्रदिप कुमार जयसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, पर्सा जिल्ला निर्वाचन कार्यालय प्रमुख रन्जीता झा, पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुँवर, सखुवा प्रसौनी गाउँपालिका उप–प्रमुख फुलमती देवी, प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भएको थियो ।