हावाहुरी पीडित घरपरिवारलाई सहयोग

14

संतोष रन्जितकार
वीरगंज, २० कार्तिक ।
प्रकाश थारु फाउन्डेशनले विभिन्न देशहरुमा रहेको नेपालीहरुको सहयोगमा हावाहुरीबाट मृत्यु भएका घरपरिवारलाई राहत वितरण गरेको छ । सो फाउन्डेशनले हेल्प मघेशी परिवार, साउदी अरब नेपाल, कतार, मलेशिया, यूएइ र कुबैतको संयुक्त सहयोगमा बुधबार हावाहुरीबाट मृत्यु भएका २४ घरपरिवारलाई राहत वितरण गरेको हो । फाउन्डेशनका संस्थापक अध्यक्ष प्रकाश थारुको अध्यक्षतामा सो पीडित घरपरिवारलाई राहत स्वरुप साडी, चामल, दाल, पिठो, चिनी सुइटर, तेल, साबुन, पेस्ट लगायत १४ किसिमका दैनिक प्रयोग गरिने घरेलु सामग्रीहरु बितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा फेंटा गाउँपालिका वडा नं. १ का वडाअघ्यक्ष जयप्रकाश दास, सोही वडाका वडासदस्य लोहा यादव, प्रसौनी गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष आनन्द कुमार गुप्ता, बृजेशवर प्रसाद चौधरी, कन्हैया पटेल, बृजकिशोर साह, मस्तकिम अन्सारी लगायत स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।