तिन जना हुण्डी कारोबारी पक्राउ

37

संतोष रन्जितकार
वीरगंज, २२ कार्तिक ।
पर्सा प्रहरीले १८ लाख नगद सहित ३ जना हुण्डी कारोवारीलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले शुक्रबार विहान १० बजेको समयमा वीरगंज १६ रजतजयन्ती चौक स्थितबाट ३ नै जनालाई पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट बीरगंज तर्फ द्यच्ण्छक्घठढद्द, द्यच्ण्छद्य ज्ञद्धद्धद्ध र द्यच्ण्टब्च् घठडढ नं.को मोटरसाइकल चलाई आउदै गरेका ३ नै जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
भारत बिहार सुगौली बजार बस्ने बर्ष २२ को बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने बर्ष २६ को सुधिर कुमार र सोही ठाउँ बस्ने बर्ष ३० को सहिद आलमको साथबाट श्रोत नखुलेको अवैध नेपाली रुपैया रु. १८ लाख सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

https://ankushdaily.com/