संतोष रन्जितकार
वीरगंज, २२ कार्तिक ।
वीरगंज महानगरपालिका वडा नं. २ छपकैयाँ रेलवे रोडमा एक करोडभन्दा बढी लागतमा बेकरी उद्योगको स्थापना भएको छ ।
रोयल समानी प्रा.ली.को नाममा स्थापना भएको उद्योगले बिस्कुट, केक, बटर, पाउरोटी, टोस्ट लगायत बेकरी आइटमहरु उत्पादन गर्ने उद्योगका प्रवन्ध निर्देशक इम्तियाज आलमले जनाएका हुन् ।
सो ऊद्योगको शुक्रबार एक कार्यत्रमका बीच वरिष्ठ समाजसेवी जौवाद हुसेन समानीले रिवन काटेर उद्योगको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोसाध्यक्ष इम्तियाज आलम, व्यवसायी हाजी मुजामिल समानी, एमडी मेराज, डा.नौसाद हुसेन, सञ्चारकर्मी महम्मद सद्दाब, आविद हुसेन लगायतको उपस्थिति रहेको थियो ।