भन्सार छलीका सामान र फरार अभियुक्त पक्राउ

17

संतोष रन्जितकार
बारा, २२ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरी टोलीले भन्सार छली गरी लगिएको विभिन्न सामानहरु पक्राउ गरेको छ ।
सो प्रहरी टोलीले बिभिन्न स्थानबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्रीएका अन्दाजी मुल्य रु.२ लाख ८९ हजार ४ सय रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा, हार्डवेयरका समान, गुटखा लगायतका सामानहरु पक्राउ गरेको थियो । प्रहरीले सो सामान बोक्न प्रयोग गरेको २ वटा मोटरसाईकल समेत बेवारिसे अवस्थामा बरामद गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसैगरी २०७५/०७/३० गते जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ६ मझरिया टोल स्थित शम्भु यादवको घर कोठामा निजको छोरा बुहारी राकेश यादवको श्रीमती वर्ष २१ की किरण देवी यादवलाई निजको घरपरिवार तथा सोही ठाउँ बस्ने लक्ष्मण यादवको छोरा गजानन्द यादव समेतले कुटपिट गरी कर्तव्य गरी मारेको थियो । कर्तव्य ज्यान मुद्दामा वारदात मिति देखि नै फरार रहेका निज अझियुक्त गजानन्द यादवलाई शुत्रबार लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने ५ दिने म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।