मांसिक कमजोर भएको बच्चाहरुको व्यवस्थापनबारे छलफल

17

वीरगन्ज, २२ कात्तिक ।
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र यूनिसेफाका टोलीबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख सरावगीको कार्यकक्षमा शुक्रबार दिउँसो महानगरपालिकामा रहेका सुस्तमनस्थीती एवम कुनै कारण बस डिप्रेशनमा रहेका बच्चाहरुको पहिचान गरि उनीहरुको उपचार सहितको व्यवस्थापन बारे छलफल गरिएको हो ।
कान्तिबाल अस्पतालका डा. अरुणराज कुवर, यूनिसेफका वीरेन्द्र प्रधान, लता बज्रचार्य, प्रदिप कुमार श्रेष्ठ र घनश्याम कंडेल सहितको टोलीसंग महानगरपालिकामा रहेका कमजोर मनस्थीती एवम डिप्रेशनमा परेका बच्चाहरुको व्यवस्थापनको लागी अभियानकै रुपमा अगाडि बढने छलफलमा निर्णय भएको महानगरपालिका स्वास्थ्य एवम समाजिक शाखाका प्रमुख अरुण कुमार महतोले बताउनु भयो ।
उहाले महानगरपालिका कार्यालयले महानगरपालिका भित्र रहेका त्यसता बच्चाहरुको पहिचान र समन्वयका लागी स्वास्थ्य महाशाखाबाट एक जना कर्मचारीलाई खटाइने छलफलमा निर्णय भएको महतोले बताउनु भयो । महानगरपालिकाका कर्मचारीले यूनिसेफसंग समन्वय गर्दै महानगरपालिका अन्तर्गत रहेका बाल चिकित्सकहरुको सहयोगमा उक्त अभियानलाई अगाडि बढाउने यूनिसेफसंग छलफलमा निर्णय गरिएको थियो ।