अबको आगमन हुने युग प्रेम, शान्ति र भाईचाराको हुने छ ः मन्त्री सोनल

13

वीरगंज, २३ कार्तिक ।
ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र वीरगंजले विर्तामा नवनिर्मित भवनको समुद्घाटन समारोह शनिबार सम्पन्न गरेको छ । सो उद्घाटन ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी राजदिदीको सभाध्यक्षता तथा प्रदेश नं.२ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
भौतिक पूर्वाधार मन्त्री सोनलले नवनिर्मित ओमशान्ति भवनको रिवन काटेर तथा झण्डोत्तोलन गरि उद्घाटन गरेका थिए । उक्त अवसरमा मन्त्री सोनलले वीरगंज सेवा केन्द्रले आध्यात्मिक एवं नैतिक शिक्षाको माध्यमबाट बारा, पर्सा, रौतहट तथा भारतीय सिमावर्ती क्षेत्रका मानव आत्माहरुको सामाजिक, चारित्रिक उत्थानको लागि गरेको सकारात्मक पहलको सराहना गर्नुहुँदै अबको आगमन हुने युग प्रेम, शान्ति र भाईचाराको रहेको बताउनु भयो । उहाँले आफुले ब्रहृमाकुमारी संस्थामा आबद्ध साधक साधिकाहरुको त्याग, साधना र समर्पणमय जीवन नजिकबाट नियालेको कुरा समेत प्रष्ट पार्नुभयो ।
त्यसैगरी राजयोगिनी राजदिदीले मानवको वास्तविक स्वरुप करुणा, दया, पवित्रता र इमान्दारिता रहेको बताउनु हुँदै राजयोगको अभ्यासद्वारा यी गुणहरूको विकास गर्दै जीवनलाई सुन्दर बनाउन सकिने कुरा बताउनुभयो । नेपालका विभिन्न स्थानहरुबाट आमन्क्रित ब्रहृमाकुमारी तथा ब्रहृमाकुमारहरुको सम्मान कार्यत्रम तथा गौतम स्कुल, ग्रेड किड्स लगायतका विद्यालयद्वारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
प्रतिनिधि सभाका सांसद डा. पुष्पाकुमारी कर्ण कायस्थ, सांसद रमेश पटेल, सांसद भिमा यादव, वीरगंज महानगरका मेयर विजय सरावगी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, ब्रहृमाकुमार रामसिंह ऐर, ब्रहृमाकुमार तिलकबहादुर शाहि, ब्रहृमाकुमारी बाबा मैया, राजयोग प्रशिक्षक राजुघले लगायत बारा, पर्सा, रौतहट, काठमाण्डौ, मकवानपूर, चितवन, जनकपुर आदी विभिन्न स्थानबाट आएका संस्थाका वरिष्ठजन एवं प्रबुद्ध जनको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा वीरगंज सेवा केन्द्रको ४५ वर्षको संक्षिप्त अनुभव एवं उपलब्धिहरु समेटेर तयार पारिएको प्रथम स्मारिकाको विमोचन गरिएको थियो ।
ऊक्त कार्यत्रमको सञ्चालन विख्यात जीवन प्रबन्धन विशेषज्ञ ब्रहृमाकुमार विजयराज सिग्देलले गर्नुभएको थियो भने कार्यक्रममा क्षेत्रीय सञ्चालिका रविना दिदीले स्वागत मन्तव्य दिनुझएको थियो ।
त्यसैगरी कार्तिक २४ गतेदेखि कार्तिक २६ गते सम्म सोही कार्यक्रम स्थलमा नै बिहान ७ बजेदेखि ९ बजे सम्म ब्रहृमाकुमार विजयराज सिग्देलको मनको शान्तिका लागि राजयोग शिविर र साँझ ४ बजेदेखि ६ बजे सम्म ब्रहृमाकुमार राजु घलेको तनावमुत्त खुशीयाली जीवन र समृद्ध राष्ट्रका लागि राजयोग मेडिटेशन शिविर सञ्चालन हुनेछ ।