निःशुल्क आँखा शिविर सम्पन्न

5

वीरगंज, २३ कार्तिक ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ४ मा शनिबार निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
उज्जवल भविष्य सामुदायिक युवा क्लब सोलकपुरको आयोजनामा र माट्रीका आई फाउन्डेसन वीरगंजको सहयोगमा सो आँखा शिबिर सम्पन्न भएको हो । शिबिरमा महिला पुरुष गरि जम्मा २५० जनाको आँखा चेकजाँच गरिएको थियो । जसमध्ये महिला पुरुष गरि ७४ जनामा मोतियाबिन्दु रोगी फेला परेका थिए । शिबिरमा माट्रीका आइ फाउन्डेसन वीरगंजका किसोर राज प्रधान, मनोरंजन यादव, साकार सुवेदी, नम्रता क्षेत्री र राजेश चौधरी लगायतका डाक्टरहरुले चेकजाँच गर्नु भएको क्लबका अध्यक्ष बालेश्वर दास चौधरीले बताए ।