संतोष रन्जितकार
बीरगंज, २३ कात्तिक ।
भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको छ । राम मन्दिर–बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिन समेत आदेश गरेका छन् । अब अयोध्यामा राम मन्दिर बनाउने बाटो खुला भएको छ ।
भारतको सर्वोच्च अदालतको फैसलालाई हार्दिक स्वागत गर्दै हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपाल र भारतको संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै ऐतिहासिक फैसला गर्ने मित्र राष्ट्र भारतका मुख्य न्यायाधीश गोगोई सहित न्यायाधीशहरू शरद अरविंद बोबडे, डीवाई चन्द्रचूड, अशोक भूषण, अब्दुल नजीरले सर्वसम्मत गरेको फैसलामा अबको तीन महिना भित्र ट्रष्ट बनाउन मन्दिर निर्माण गर्ने गरेको निर्णय प्रति उहाँहरुलाई हार्दिक बधाई सहित आभार समेत ब्यक्त गरेका थिए । पटेलले सर्वोच्चको फैसला ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै निर्णयले भारतको एकता, अखण्डता र महान संस्कृतिमा बल पुगेको बताए।