अवैध गहुँ सहित ट्रैक्टर पक्राउ

संतोष रन्जितकार
वीरगंज, २४ कार्तिक ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ बाट शनिबार प्रहरीले अबैध गहुँ सहित एउटा ट्याक्टर नियन्त्रमा लिएको छ । अवैध तरिकाले भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार–पसार कार्य नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गँहु सहितको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
ना.२ त. ७९०१ नं.को ट्याक्टरमा लोड गरी भंसार छलि चोरी पैठारी गरी ल्याउदै गरेको अवैध गँहु सहित ट्याक्टर नियन्त्रणमा लिई जिल्ला भंसार कार्यालय पर्सा बीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.