ब्रहमकुमारी राजयोग केन्द्रद्वारा तनावमुक्त फ्रशिक्षण कार्यक्रम शुरु
सुखी तथा खुशियाली जीवनका लागी तनावमुत्त जीवन आवश्यक ः सांसद यादव
वीरगंज, २४ कार्तिक ।
ब्रहमकुमारी राजयोग सेवा केन्द्र वीरगंजले आइतबारदेखी तिन दिने तनावमुक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
सो प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि समेत रहुनु भएका पर्सा क्षेत्र नं. १ का सांसद तथा समाजवादी पार्टी नेपालका नेता प्रदिप यादवले उदघाटन गर्नु भएको थियो । उद्घाटन गर्दै वहाँले सुखी तथा खुशियाली जीवनका लागी तनावमुक्त जीवन आवश्यक रहेको र खुशियाली जीवन भएमात्र राष्ट्र समृद्धि हुने बताउनु भयो ।
विझिन्न शक्तिसाली देशका व्यत्तिहरु अध्यात्मबाट आएर मात्र देशलाई अगाडी बढाउन सकेका उदाहरण दिदैँ उहाँले अध्यात्मले सन्तुष्टि एवंम् समृद्धि तर्फ उन्मुख गराउन सफल हुने बताउनु भएको थियो ।
मानिस जबसम्म तनावमुक्त हुदैनन् तबसम्म उ खुसी हुदैन र खुसी नभएको मानिसले आफ्नो परिवार, समुदाय वा राष्ट्रलाई समृद्धि कहिल्यै दिन नसक्ने उहाँको भनाई रहेको थियो ।
सांसद यादवले छिमेकी देश भारतको उत्तर प्रदेश पनी जंगली राज्य थियो तर अहिले त्यहाँका मुख्यमन्त्री योगीले प्रदेशलाई अध्यात्मक मार्फत अपराध मुक्त समृद्ध प्रदेश बनाउन सफल भएको उदाहरण समेत प्रस्तुत गर्नु भएको थियो ।