राहत तथा बालबिकास शिक्षकहरुको भेला सम्पन्न, १५ सदस्यीय समिति गठन

संतोष रन्जितकार
वीरगंज, २४ कार्तिक ।
पर्साको छिपहरमाईमा गाउँपालिकाको वडा नं. ५ तुलसी बर्वामा राहत तथा बालबिकास शिक्षकहरुको भेला सम्पन्न भएको छ । श्री ने.रा.प्रा.वि. तुलसीबर्वामा राहत तथा बालबिकास शिक्षकहरुको सम्पन्न भेलाले हिरालाल प्रसाद यादवको अध्यक्षतामा १५ सदस्यीय शिक्षक संघर्ष समति गठन र ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो ।
समितिको उपाध्यक्षमा इन्दु देवी, सचिव इसराफिल गद्दी, सह–सचिव रमेश कुमार कुशवाहा, कोषाध्यक्ष संजय कुमार, सह–कोषाध्क्ष उर्मिला कुमारी यादव, उर्मिला पाण्डे, सदस्य रिता कर्ण, घनश्याम कुमार साह, जितेन्द्र यादव, मुस्ताक गद्दी, राममाला देवी, शोभा देवी यादव, किरण कुमारी, सुनिता देवी रहेका छन् ।
त्यसैगरी मुराद गद्दीको संयोजकत्वमा गठन भएको सल्लाहकार समितिको सदस्यमा ममता सिन्हा र शोभा देवी कुशवाहा चयन भएका छन् ।
राहत शिक्षक तथा राहत शिक्षक संघर्ष समितिका अध्यक्ष हिरालाल प्रसाद यादवको अध्यक्षता र शिक्षक महासंघ नेपाल कालिकामाई गाउँपालिका अध्यक्ष इन्द्रदेव प्रसादको विशेष उपस्थितीमा सो समिति गठन गरिएको थियो ।

Get real time updates directly on you device, subscribe now.