अपहरणकारीको आरोपमा पक्राउ परेका दासका परिवारजनद्वारा पत्रकार सम्मेलनको आयोजना, दासलाई फसाईएको आरोप

6

संतोष रन्जितकार
वीरगंज, २५ कार्तिक ।
अपहरणकारीको आरोपमा पक्राउ परेका राजकुमार दासको परिवारजनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी दासलाई फसाईएको आरोप लगाएका छन् ।
पर्सा पोखरिया नगरपालिका वडा नं. ९ सेमरबारी बर्वा निवासी राजकुमार दासको बुवा भिखारी दास र आमा राजन्ती देवीले छोरालाई छिमेकी फिरोज रायले फसाएको आरोप लगाएका हुन् ।
नेपाल पत्रकार महासंघ पर्सामा भएको पत्रकार सम्मेलनमा दासकी आमा राजन्तीले कार्तिक १९ गते ४ बजे मामाको मोटरसाइकल लिएर छोरा किराना समाग्री खरिद गर्न रक्सौल गएको थियो । उनका अनुसार रक्सौल स्थित ढालामा दास संग छिमेकी फिरोजको भेट भएको थियो । भेटको क्रममा फिरोजले दासलाई आफ्नो फुफा नाता पर्ने रक्सौल परेउवा निवासी अरमान भाटको घरमा लगेको थियो । अरमानको घरमा पुगेपछि दासलाई नचिनेका ६र७ जना अन्य व्यक्तिहरुले दासको आँखा छोपी हातमुख बांधेका थिए । त्यसपछि उसको सर्टको पाकेटमा कुनै ४र५ वटा भारी बस्तु राखी गाडीमा चढाई अन्यन्त्र लगी दुईवटा गोली हानी हान्दा आफु बेहोस भएको र आफ्नो आँखा खुल्दा आफु अस्पतालको बेडमा रहेको छोराले आफुलाई सुनाएको उनले पत्रकार सम्मेलनमा बताईन ।
उनले छोरा दास सिमावर्ती बजार रक्सौल, भेलाई र सिकटा बजारबाट किराना सामग्री खरिद गरी पोखरिया बजार लगायत गाउँको पसलमा समाग्री पुर्‍याई परिवारको गुजारा चलाउदै आएको बताईन ।
दासका बुवा भिखारीले अपहरण भएको भनिएको अफरोज र फिरोज दुबैलाई प्रहरीले पक्राउ गरी सही अनुसन्धान गर्नु पर्ने बताए ।
पर्सा प्रहरीले कार्तिक २० गते पत्रकार सम्मेलन गर्दै अपहरण आरोपमा दासलाई गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो । वीरगंज २५ श्रीसिया घर भई हाल काभ्रेको बनेपा बस्दै आएका अजमद खानका १४ वर्षीय छोरा कात्तिक १० गते वीरगंजबाट घर आउने क्रममा अपहरणमा परेको र कार्तिक २० गते विहान एक बजेको समयमा भारतिय प्रहरीको सहयोगमा सिमावर्ती गाउँबाट फिरौती बुझाउने क्रममा अपहरण कारी दासलाई गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो ।
तर प्रहरीले अपहरण मुक्त्त भएको भनिएको व्यक्त्ति, उसको नाम र अपहरण मुक्त गराइएको ठाउँ सार्वजनिक गरेको थिएन् ।
पत्रकार सम्मेलबाट अपहरण भनिएको घट्नाको अक्रो रहस्य पनि खुलेको छ । अपहरणमा परेका अफरोप आफ्नै बुवासंग रकम असुल गर्न अपहरणको नाटक गरेको रहस्य खुलेको हो ।
अफरोज, पर्साको पोखरिया नपा ९ सेमरवारी बर्वा निवासी २० बर्षिय फिरोज राय र सोही ठाउँ निवासी २१ बर्षिय राधेश्याम पासवान गरी ३ नै जना साथी रहे छन् । तिनै जना म्युजिक भिडियो बनाउने काम गर्छन् । सोही कामको लागि अफरोजलाई पैसाको खाँचो परे पछि आफ्नो दुई साथी फिरोज र राधेश्यामसंग मिलेर अपहरणको नाटक गरेको दासको परिवाजनको भनाई छ । दासका परिवारजनका अनुसार अपहरणको नाटक गर्नेमा फिरोजको फुफा रक्सौल परेउवा निवासी अरमानले सहयोग गरेका थिए ।
प्रहरीले पनि घटना बारे अनुसन्धान गर्नुको सट्टा छोरालाई पक्राउ गरी गोली हानी अन्याय गरेको दासको बुवाको आरोप रहेको छ । उनले पत्रकार सम्मेलनमा म न्यायको पक्षमा छु, सही अनुसन्धान गर्नुहोस् र छोराले गल्ती गरेको पाइएमा उलाई पनि सजाय होस् भनेर भनेका थिए ।
पक्राउ परेको दासको प्रहरी निगरानीमा नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । दास एच.आई.भी. संक्रमित भएकाले उनका परिवार झन चिन्तित बनेका छन् ।