भारी मात्रामा छोहडा पक्राउ

बारा, २५ कार्तिक ।
बाराबाट भन्सार छलेर भित्र्याईएको ठुलो परिमाणमा छोहडा बरामद भएको छ । सिम्रौंनगढ नगरपालिका–१, गोलागंज स्थित रहेको सशस्त्र प्रहरी बलको टोलीले भारतबाट भन्सारछली गरी नेपाल ल्याउँदै गरेको ३५ सय किलो छोहडा बरामद गरेको हो । आईतबार मध्यरातीमा प्रहरीले नगरपालिकाको सोही वडा स्थित ईण्डोनेपाल बार्डर नजिकैबाट २१ वटा साईकलमा लोड गरि नेपाल ल्याउँदै गरेको अवस्थामा उक्त छोहडा बरामद गरेको शसस्त्र प्रहरी निरिक्षक कबिर मल्लले जानकारी दिए ।
बरामद भएको छोहडा आवश्यक कार्वाहीका लागि मुल भन्सार कार्यालय वीरगञ्ज पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.