अवैधरुपमा भारत लगिरहेको मदिरा पक्राउ गरी नष्ट

संतोष रन्जितकार
वीरगंज, २६ कार्तिक ।
अबैध रूपमा भारत तर्फ लागिरहेको अवैध मदिरा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीले पक्राउ गरि नष्ट गरेको छ । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ३ स्थित झौवा गुठीबाट सशस्त्र प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतको टोलिले मंगलबार बिहान ६ बजे भारतमा लागि रहेको अवस्थामा करिब ११ हजार ८ सय रुपैयाँ बराबरको कस्तुरी र लिच्ची पक्राउ गरेको हो ।
सो मदिरा तस्करी गर्ने तस्करहरु प्रहरीलाई देखेपछि धानको खेतमा रक्सीको कार्टुन फालेर भागेका थिए । पक्राउ गरेको उक्त मदिरा स्थानीय बासी, जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानिय पत्रकारहरुको रोहबरमा खाल्टोमा खन्याइ नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक अरुण बस्नेतले जानकारी दिनुभयो । भारतको बिहार सरकारले मदिरा बिक्री बितरणमा रोक लगाएपछि नेपालबाट मदिराको तस्करी सुरु भएको प्रहरीले बताएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरीले भन्सारको मूलगेटबाटै लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । भारतको मोतिहारी रामगढवा थानाका ३० वर्षीय विशाल पटेललाई रक्सौलबाट वीरगंज आउने क्रममा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
पटेलको साथबाट सशस्त्र प्रहरीले ५/५ सय पिस डाइजोल्याव, नोर्फिन र फेनागरगन बरामद गरेको थियो भने पक्राउ परेका पटेललाई थप कारवाहीका लागि लागुऔषध नियन्त्रण व्युरो पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले जानकारी दिनुभयो ।

Get real time updates directly on you device, subscribe now.