धुमधामका साथ वीरगंजमा गुरु नानक जयन्ती मनाईयो

9

संतोष रन्जितकार
वीरगंज, २६ कार्तिक ।
शिख समुदायहरुको महान धर्मगुरु गुरु नानकको जन्मजयन्ती वीरगंजमा धुमधामका साथ मनाईएको छ । वीरगंज श्रीपुर स्थित गुरुद्वारामा गुरु नानकको जन्मजयन्तीको अवसरमा गुरुद्वाराले एक हप्ता सम्म बिहान प्रभातफेरी गर्ने र ३ दिनसम्म ल·रमा फ्रसाद बितरण कार्यक्रम गर्ने कार्यत्रम रहेको गुरुद्वाराले जनाएको हो ।

गुरु नानकले ५३० बर्ष भन्दा अगाडि यस्तो काम गरे जो बिश्वभरी प्रख्यात भए र सबैले उसलाई मान्न थाले । उहाले कुनै पनि धर्म, जातपातको भेदभाव नगर्ने, महिलालाई समान अधिकार दिऔ, सबैलाई माया गरौ, हेला कसैलाई नगरौ, आफु भन्दा ठुलोलाई सम्मान र आदर गरौ, सानालाई माया गरौ भन्दै सबै मनुष्यमा सदभाव फैलाउदै हिडने धर्मगुरु गुरु नानकको प्रत्येक बर्ष कार्तिक पुर्णिमाको दिन बिश्वभरी नै जन्मजयन्ती मनाउने गरिन्छ ।
त्यसैगरी बिरगंजको गुरुद्वारामा रहेको ल·रमा हरेक हप्ताको शनिबार एक पटक निःशुल्क प्रसाद बितरण हुने गर्दछ । बिश्वमा ५९ हजार गुरुद्वारा रहेको र प्रत्येक दिन ६० लाख मानिसले निःशुल्क प्रसाद ग्रहण गर्ने गर्दछ भने भारत र युरोपमा प्रत्येक दिन ३ पटक निःशुल्क प्रसाद बितरण हुने गर्दछ ।

बिश्वमा शिख समुदायको संख्या करिब २ करोड ७० लाख रहेको बिरगंज गुरुद्वाराका सदस्य एवं प्रकृति संरक्षण मञ्च बिरगंजका अध्यक्ष जसपाल सिंहले जानकारी गराएका थिए । अन्तमा धर्मगुरु गुरु नानकको जन्मजयन्तीको उपलक्षयमा सबै समुदाय, जातीहरु, धर्मावलम्बीहरु बीचको आपसी एकता, सदभाव एवं भाईचारा सदा रहिरहोस भनी सिंहले शुझकामना समेत व्यक्त गरेका थिए । सो कार्यत्रममा ग्रेड एकेडमीका विद्यार्थीहरु, विभिन्न जाती, धर्म, संघसस्था र सन्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।