प्रसौनी गाउँपालिकामा ५ दिवसीय योग शिविर शुरु

संतोष रन्जितकार
वीरगंज, २६ कार्तिक ।
पर्साको प्रसौनी गाउँपालिकाको वडा नं.–३ नौतत गाउँमा मंगलबारदेखि ५ दिवसीय योग शिविर सुरु भएको छ । पतंजली योग पिठका योग प्रशिक्षकहरुद्वारा नौतन गाउँमा प्रभात फेरीगरी योग शिविर सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष भोला प्रसाद कलवारले निःशुल्क योग शिविरमा बोल्दौ गरौ योग रहौ निरोग भन्ने मुलमन्त्रको पाठ वाचन गर्दै मानव जिवनमा योगको महत्वपुर्ण भुमिका रहेको बताए ।
पतंजली योग समिति नौतन बाराका अध्यक्ष विरेन्द्र प्रसाद साहको अध्यक्षतमा सुरु भएको शिविरमा गा.पा.उपध्यक्ष गिता देवी, सम्पुर्ण वडा अध्यक्ष स्थानीय वासी लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.