हतियार देखाएर बैंकको कर्मचारीको रकम लुटियो

31

बारा, २६ कार्तिक ।
बाराको प्रसौनीमा निर्धन उत्थान बैंकका कर्मचारी जीवन खड्काको साथमा रहेको ४ लाख ४२ हजार रुपैयाँ लुटिएको छ ।
खड्का बिहान फेटा गाउँपालिका–२ जगतपुर टोलमा महिला समुहको रकम संकलन गर्न गएका थिए । महिला समूहबाट संकलन गरी फर्कने क्रममा बीच बाटोमा भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जना हतियारधारी समूहले सो रकम लुटेर फरार भएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।
खड्का अनुसार बन्दुकसहित आएका उनीहरुले एक राउण्ड हवाई फायरिङ गरि आफूसँग भएको ४ लाख ४२ हजार रुपैयाँ लुटेर भारततर्फ भागेको जनाए ।
लुटेराले गोली चलाए पनि मानवीय क्षति नभएको प्रहरी उपरीक्षक खनालले बताए । घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको उनले जानकारी गराए ।

https://ankushdaily.com/