नेकपा महानगर कमिटिद्वारा लालपर्सामा ५ सदस्यीय समिति चयन

संतोष रन्जितकार
वीरगंज, २७ कार्तिक ।
नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. ३० लालपर्सामा बुधबार ५ सदस्यीय समिति गठन गरिएको छ ।
नेकपा पर्साका महानगर अध्यक्ष कमरेड रहबर अन्सारीको अध्यक्षतामा एक कार्यक्रम बीच ५ सदस्यीय समिति गठन गरिएको हो । समितिमा निर्वाचित नेकपाका वडा अध्यक्ष अमानत मियाँ, दिपेन्द्र मण्डल, कन्चन साह, कुरान अलि र रामअशरे राय साह तेली रहेका छन् ।
ऊक्त कार्यत्रमलाई सम्बोधन गर्दै कमरेड महानगर अध्यक्ष अन्सारीले आउदो दिनमा पर्सा जिल्लामा सबैभन्दा ठुलो पार्टीको रुपमा रहेका नेकपालाई अझ सशक्त र बलियो बनाउनका लागि आफु लागिपरेको बताए ।
ऊक्त कार्यत्रममा लालपर्सा, प्रसोतीपुर र सडक टोल लगायत वडा नं. ३० का पार्टी कार्यकर्ताहरुको बीच एउटा छुटटै सम्पर्क समिति चयन गरि दुवै पार्टीका कार्यकर्ताहरुलाई एक आपसमा रहेको दुरी तथा मनमुटावलाई मिलाएर अगाडी बढनका लागि यो समिति चयन गरिएको उनले बताएका थिए ।
ऊक्त कार्यत्रममा, महानगर ईन्चार्ज दिनेश राई, सचिव डा. विश्वम्भर शर्मा, नाजिर हुसैन, सेराजुल मिया, कमरुदिन अन्सारी, मोबारक मियाँ अन्सारी लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.