पुलबाट लडेर एक युवकको मृत्यु

संतोष रन्जितकार
वीरगंज, २७ कार्तिक ।
करैयामाई गाउँपालिकामा बुधबार बिहान एक युवकको शव फेला परेको छ । सो शव करैयामाई गाउँपालिका वडा नम्बर–५ तेतरियाटोलका चलित्तर चौधरीको अन्दाजी १८ बर्षीय छोरा शिवनाथ चौधरीको रहेको ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको हो ।
मंगलवार साँझ सोही गाउँपालिकामा पूर्णिमाको अवसरमा लागेको माईको मेला देखेर घर फर्किने क्रममा अत्याधिक मदिरा सेवन गरी तेतरिया बजार र नेपाल राष्ट्रिय आधारभूत बिद्यालय बीचमा पर्ने सरेही खोलाको पुलबाट लड्रे मृत्यु भएको हुनसक्ने शवको प्रकृतीले देखाएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
बुधवार बिहान स्थानीयले शिवनाथको शवलाई देखपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलमा पुगी शवको मुचुल्का उठाएर परीक्षणको लागि जिल्ला अस्पताल कलैयामा पठाएको थियो ।
प्रहरीले मृत्युको कारणको बारेमा अनुसन्धान शुरु गरिसकेको र शव परीक्षण रिर्पोट आएपछि मात्रै केही भन्न सकिने प्रहरी उपरीक्षक खनालले जानकारी दिएका थिए ।

Get real time updates directly on you device, subscribe now.