सखुवाप्रसौनी गापामा उप–निर्वाचनको लागि मनोनयन दर्ता

वीरगंज, २७ कार्तिक ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ मा उप निर्वाचनको लागि बुधबार उम्मेदवारको मनोनयन नाम दर्ता भएको छ । दर्ता हुनेमा नेपाली कांग्रेस पार्टीबाट अशेस्वर प्रसाद यादव, नेकपाबाट उदयशंकर प्रसाद रौनियार, समाजबादी पार्टी नेपालबाट रुपलाल कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गोपाल साह कानुको नाम दर्ता भएको स्थानिय तह मुख्य निर्वाचन अधिकृतको कर्यालय, सखुवाप्रसौनीको सहायक निर्वाचन अधिकृत कृष्ण प्रसाद ढु·ेलले जानकारी दिनु भएको हो ।
त्यसैगरी वडा नं. ५ को वडाअध्यक्षको लागि राजपाको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता हुन सकेको छैन । निर्वाचन कार्यालयले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ता अवधि तोकेकोमा सो अवधिसम्ममा राजपाको तर्फबाट मनोनयन दर्ता गर्न कोही पनि नआएको निर्वाचन कार्यालयले जनाएको थियो ।

Get real time updates directly on you device, subscribe now.