लायन्स क्लबद्वारा निशुल्क मधुमेह जाँच शिविर

संतोष रन्जितकार
वीरगन्ज,२८ कार्तिक ।
विश्व मधुमेह दिवसको असरमा लायन्स क्लब वीरगन्ज आदर्शनगरले निःशुल्क मधुमेह जाँच शिविरको आयोजना गरेको छ । वीरगन्ज स्थित घडिअर्वा पोखरिको प्रा·णमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
लायन्स क्लब वीरगन्ज आदर्श नगरका अध्यक्ष राजेश अग्रवालको अध्यक्षतामा सम्पन्न भएको शिविरमा १५० भन्दा बढीले निःशुल्क मधुमेहको परिक्षण गराएका थिए ।
शिविरमा डा. नुर आलम तथा कैश हुसैनले मधुमेह परिक्षण गरेका थिए भने यो शिविरले मधुमेहको वारे सचेत गराउनु तथा नयाँ बिरामी पत्ता लगाउन विशेष सहयोग पुर्‍याउने आयोजकले जनाएको छ ।
सो अवसरमा लायन्स क्लबका प्रकाश बाहेती,शंकर मालु,बिनय बन्सल,राजेश अग्रवाल,संदित अग्रवाल लगाएको उपस्थिती रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.