फरार प्रतिवादी पक्राउ

14

बारा, २९ कार्तिक ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरी टोलीले ११ वर्ष देखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ बस्ने वर्ष ३० को मनोज राउत कुर्मिको अपहरण तथा शरिर बन्दक मुद्धामा बारा जिल्ला अदालतको मिति २०६५।०३।३० गते भएको आदेश बमोजिम ६ महिना ३ दिन कैद असुल गर्न बाकी रहेका फरार प्रतिवादिलाई ११ वर्षपछी प्रहरीले पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा उपस्थित गराएको थियो । त्यसैगरी बारा जितपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ लोसण्डा बस्ने वर्ष ४० को बिनोद राउत कुर्मीको लेनदेन मुद्धामा पर्सा जिल्ला अदालतको मिति २०७५।०८।१४ गतेमा भएको आदेश बमोजिम ६ महिना कैद र वादिको विगो समेत असुल गर्न बाँकी रहेका फरार प्रतिवादिलाई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा दाखिला गराएको प्रहरीले जनाएको छ ।