महालक्ष्मी सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा

8

वीरगंज, २९ कार्तिक ।
वीरगंज माईस्थानस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा शूक्रबार गहवामाई मन्दिरको अतिथी सदनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा स्वगत मन्तव्य डा. दिपक शाक्यले व्यक्त गर्नु भएको थियो भने आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तूत गर्दै संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले संस्थाको कूल आम्दानी रु. ४ करोड ६३ लाख, खर्च रु. २ करोड १२ लाख संचालन मूनाफा रु. २ करोड ५० लाख, निक्षेप रु. १९ करोड ६७ लाख, कर्जा लगानी रु. २४ करोड ४९ लाख भएको र सदस्यहरुलाई १८Ü प्रतिशत लाभांश वितरण गर्न संस्था सफल भएको समेत जानकारी गराउनूभयो । कार्यक्रममा प्रमूख अतिथि बिरगंज महानगरपालिकाका उपप्रमूख सूश्री शान्ति कार्की, अतिथी पर्सा बचत तथा ऋण सहकारी सधंका अध्यक्ष राजेश पंडित, संस्थाका सदस्य श्री प्रद्यूमन प्रसाद सेढाइ, डा. शूशिल भट्टराई, बरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपाली लगायतले शूभकामना मन्तव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन श्री संस्थाका सचिव श्री नेत्र प्रसाद मैनालीले गरेका थिए ।