मेलाको सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने ः उपरिक्षक खनाल

39

संतोष रन्जितकार
वीरगंज, २९ कार्तिक ।
पञ्च वर्षिय गढिमाइ मेला यही मन्सिर १ गतेदेखी शुरू हुन लागेकोमा सुरक्षा ब्यवस्थामा कुनै सम्झौता नगर्ने बाराको प्रहरी उपरीक्षक बिकाश राज खनालले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकाश राज खनालले आएदिन देखि नै जिल्लामा कडाइ गर्ने निर्देशन दिइएको र हाल अपराधी गतिविधिमा समेत कमि आएको ठोकुवा गर्नु भयो । गढिमाई मेलामा नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन गरि सीमादेखी गढिमाइ मेलासम्मको सुरक्षा ब्यवस्था कडा बनाइने प्रहरी उपरीक्षक खनालले बताउनु भयो ।
गढिमाइ मन्दिरमा डिएसपीको कमान्डमा टोली परिचालन गर्नुको साथै गढिमाइ मन्दिर लगायत ठाउँ–ठाउमा सिसिटिभी क्यामरा समेत जडान गरिएको बताए ।
गढीमाई मेला पञ्चवर्षीय भएको हुनाले मेलाको समयमा बढी भिडभाड हुने भएकोले कुनै किसिमको अपराधी क्रियाकलाप हुन नदिन सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।
उपरिक्षक खनालले स्थानीय बासी तथा भक्तजनहरुलाई मेलाको अवसरमा केही अपराधी क्रियाकलाप जस्ता गतिविधि देखेमा प्रहरीमा तुरुन्त जानकारी दिएर सहयोग गर्न हुन प्रहरी उपरीक्षक खनालले अपिल गर्नुभयो । मेलामा सुरक्षा ब्यवस्था दिने सम्पूर्ण तयारी पूरा भइसकेको र मेला पूर्ण रूपमा शान्तीपूर्ण तरिकाले सम्पन्न हुने बिश्वास लिएको प्रहरी उपरीक्षक बिकास राज खनालले बताउनु भयो ।

https://ankushdaily.com/