विपिएल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको मार्की खेलाडी तथा अक्सन मिति सार्वजनिक

61

संतोष रन्जितकार
वीरगंज, २९ कार्तिक ।
वीरगन्जस्थित नारायणी रंगशालामा आउँदो मंसिर १४ देखि २१ सम्म हुने वीरगन्ज प्रिमियर लिग (विपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको मार्की खेलाडी तथा अक्सन मिति सार्वजनिक गरिएको छ ।
स्थानिय युनाइटेड क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको यस प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ जसका लागि ६ मार्की खेलाडीको पनि चयन गरिएको छ ।
जसअन्तर्गत सिंह ११ लायन्सका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टिमबाट लामो समय खेलिसकेका किर्तिमानी खेलाडी मेहबुब आलम रहेका छ्न ।
यस्तै वीरगन्ज स्टारको मार्की खेलाडीमा नेपाली अबुभवी राष्ट्रिय खेलाडी हसिम अन्सारी रहेका छ्न भने डीसीसी स्टारको युवा खेलाडी रासिद खान, ड्रार्गन साहिब दरबारको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका अनिल कुमार साह तथा रौतहट राइनोजको राष्ट्रिय टिमबाट खेलिसकेका जितेन्द्र मुखिया र केआईइसी वीरगन्जको मार्की खेलाडीको रुपमा सुरज पटेल रहेका छ्न ।
यता प्रतियोगिताको खेलाडी छ्नौट अन्तर्गत अक्सन आउँदो शनिबार वीरगन्ज सिटि प्यालेसमा गरिनेछ । अक्सनमा कुल १ सय ९९ खेलाडीले नाम दर्ता गराएका छन् ।
प्रदेश २ का मात्र खेलाडी सहभागी हुन पाउँने यस प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार तथा उप–विजेता हुने टोलीले १ लाख ८० हजार नगद प्राप्त गर्नेछ भने म्यान अफ द सिरिजले नगद २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०/१० हजार प्राप्त गर्नेछ्न ।

https://ankushdaily.com/