विश्व शान्तिको लागी महायज्ञ गरिने

7

सत्येन्द्र प्रताप सिंह
रौतहट, २९ कार्तिक ।
राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहृमपुरीस्थित बागमती नदीको गंगा किनारमा श्री शिव शक्ति महायज्ञ एवं श्री राम कथा ज्ञान महायज्ञ हुने भएको छ ।
२०७६ माघ २३ गते कलश शोभा यात्रा र माघ २४ गते बाट शुरू हुने महायज्ञको आज २०७६ कार्तिक २९ गते भूमि पूजन एवं ध्वजा रोपण कार्य भएको हो ।
विश्वमा बढ्दो अन्याय, अत्याचार, दुराचार, बलात्कार, भ्रष्टाचार, हिंसा, हत्या, कलह, द्वन्द्व र अशान्ती फैलिएर जनमानस त्राहिमाम भइरहेको देखेर विश्व शान्तिको लागी महायज्ञको आयोजना गरिने भएको हो ।
श्री शिव शक्ति महायज्ञ पूजा समितिले राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहृमपुरीस्थित बागमती नदीको गंगा किनारमा अनुभवी आचार्य एवं अयोध्याका पंडित र श्री राम कथा वाचक र वाचिकाद्वारा यही माघ २४ गते देखी फाल्गुन ३ गते सम्म महायज्ञ पूजा एवं संगीतमय श्री राम कथा वाचन र अयोध्याका कलाकारहरुद्वारा हरेक दिनको राक्रीमा राम लीलाको कार्यत्रम रहेको श्री शिव शक्ति महायज्ञ पूजा समितिको अध्यक्ष नवीन कुमार सिंहले बताउनु भयो । उक्त महायज्ञको भूमि पूजा एवं ध्वजा रोफण कार्यक्रम शुत्रबार पूजा आजा र धार्मिक सांस्कृतिक कार्यक्रम गरी बडो हर्षोल्लासका साथ सम्पन्न भएको थियो ।