हुण्डी कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ

38

संतोष रन्जितकार
वीरगन्ज, २९ कार्तिक ।
हुण्डी कारोबार गरेको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई सात लाख भन्दा बढी रकमसहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा भारत पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल थाना मौजे बस्ने वर्ष २० को सोनु कुमार र अंकित कुमारलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बताए ।
उनीहरूको साथबाट श्रोत खुलाउन नसकेको नेपाली रुपैयाँ ७ लाख ४९ हजार ५ सय र २ थान मोबाइल बरामद भएको छ । सिमावती शहर रक्सौलबाट बिआर ०५ एबि ६३०२ नम्बरको भारतीय मोटरसाइकलमा सवार वीरगन्ज भित्रिएका दुवै जनालाई विशेष सूचनाको आधारमा बाइपास रोडबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत पर्साबाट बैंक तथा वित्तीय कारोबार सम्बन्धी ऐन अन्तर्गत दुवै जनामाथि हुण्डी मुद्दा दर्ता गरी म्याद थप गराई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गर्ने काम भइरहेको छ ।’

https://ankushdaily.com/