पत्रकारहरु आफ्नो पेशाप्र्रति गर्व गर्नुपर्ने अवस्था छ ः अध्यक्ष चौहान

15

संतोष रन्जितकार
वीरगन्ज, ३० कार्तिक ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले पत्रकारहरुले आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ फर्सा शाखाद्वारा आयोजित अन्तरक्रिया कार्यत्रममा बोल्दै अध्यक्ष चौहानले समाज निर्माणको भूमिकामा रहेका पत्रकारहरुलाई सामाजिक इन्जिनियर पनि भन्ने गरेको कारणले पत्रकारहरुले आफ्नो पेशाप्रति कुनै पनि किसिमले अपहेलित महशुस गर्न नहुने भन्दै आफ्नो घरको मानो खाएर दिनरात जनता सेवामा समर्पित पत्रकारहरु आ–आफ्नो बीचको कमीकमजोरीको सन्दर्भमा पनि आफुबीच छलफल चलाउने गरेको कारण यो विशिष्ठ पेशा अंगालेर समर्पित भएकाहरु कुनै हिसाबले पनि आफुलाई कमजोर नठान्न आग्रह गर्नुभयो ।
समाजका अन्य पेशाकर्मी वकील डाक्टर जस्तै हामीकहा आएका कुनै सेवाग्राहीसंग हामीले समाचार छापेवापत कुनै शुल्क लिदैनौं र उल्टै समाचार दिनेहरुप्रति धन्यवाद व्यक्त गर्दै समाचारदाताहरुप्रति कृतज्ञन हुने गरेका छन् ।
कुनै जनप्रतिनिधि वा ठेकेदारको आग्रहमा विज्ञापन छापेर पत्रिका लुकाउने प्रकाशक/सम्पादकहरुको बारेमा हामीकहाँ उजुरी प्राप्त भएमा त्यस्ता पत्रिका र त्यसका सम्पादकलाई तत्काल कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष चौहानले पत्रिकाका प्रकाशक/सम्पादकहरुले लोककल्याणकारी विज्ञापन छापेवापत जनकपुरका हुलाक कार्यालयले अनेक झन्झट खडा गरी दुःख दिने गरेको कारणले गर्दा प्रदेश नं. २ का सम्पूर्ण हुलाक कार्यालयहरुबाट तत–तत जिल्लाका पत्रिकाहरुको सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले फेसबुकमा कार्यक्रमको बारेमा समाचार लेखेर सार्वजनीक गर्ने र आफुलाई पत्रकार पनि ठान्नेहरुले फेसवुक पत्रकार एशोसिएशन खोलेर काम गर्न सक्ने बताउनु भयो ।
कसैले पठाईदिएको इमेल र फेसबुकमा राखिएको समाचार प्रकाशन गरेको कारणले गर्दा जनउत्तरदायित्व पत्रकारिता मरीरहेको चर्चा गर्दै सम्पादकहरुले यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
पर्सा प्रहरीले समाचार लुकाएर आफुले चाहेको जस्तै समाचार आम पत्रकारहरु मार्फत जनमानसमा फैलाएर भ्रम सिर्जना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तालाई जिम्मेवार बनाउन पत्रकार महासंघले उचित कदम चाल्नुपर्ने आवश्यकता भएको पत्रकारहरुले धारणा राखेका थिए ।
नेपाल पत्रकार महहासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकारिता भित्र रहेको गलत प्रवृतिलाई सुधार गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले बिकृतिहरु बढेका छन पत्रकारहरु तस्कर हुन थालेको चर्चा चल्न थालेको भन्दै अवस्था गम्भिर रहेको प्रति सबैलाई सचेत रहन आपिल गरे ।
कार्यक्रममा पत्रकार महेश चन्द्र गौतम, राघव साह, आर.के.पटेल, प्रताप श्रेष्ठ, मनोज पटेल, शेषमन पंडित, किरणराज पाण्डे, राजन रौनीयार लगायतले आफ्ना समस्या र सुझावहरु राख्नु भएको थियो । जिल्ला सचिव युवराज खडकाले संचालन गर्नु भएको कार्यक्रमको उद्धेश्यमाथि उपाध्यक्ष अनुप तिवारीले प्रकाश पार्नु भएको थियो ।