प्याब्सन टी–२० क्रिकेट प्रतियोगिता शुरु, ग्रेस स्कुलद्वारा सेन्ट जेवियर्स ९ विकेटले पराजित

16

संतोष रन्जितकार
वीरगंज, ३० कार्तिक ।
नेपाल मेडिसिटी प्याब्सन टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । वीरगंजस्थित आदर्शनगर रंगशालामा प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहको सभापतित्वमा सो प्रतियोगिता शुरु गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगीले द्विप प्रज्वलित गरी प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
सो टी–२० क्रिकेट प्रतियोगितामा ३२ वटा निजी विद्यालयहरुको सहभागिता रहेको थियो । आज भएको खेलमा सेन्ट जेवियर्स बोर्डि· स्कुल र ग्रेस बोर्डि· स्कुल बीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा ग्रेस बोर्डि· स्कुलले ९ विकेटले सेन्ट जेवियर्स स्कुललाई पराजित गरेको थियो ।
प्रतियोगितामा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अंसारी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, समाजवादी पार्टीका रामनरेश यादव, नेकपा पर्साका महानगर अध्यक्ष रहबर अंसारी, आलोक चौरसिया, मुरारी साह, बिजय रिमाल लगायत स्कुलहरुका शिक्षक–शिक्षिका, अभिभावक, विद्यँर्थीहरुको र स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण सञ्चारकर्मी हेमन्त तामा·ले गरेका थिए ।