राजपा पर्साद्वारा विस्तारित बैठक सम्पन्न

13

संतोष रन्जितकार
वीरगंज, ३० कार्तिक ।
राष्ट्रिय जनता पार्टी नेपाल पर्साले शनिबार विस्तारित बैठक सम्पन्न गरेको छ । होटेले कुमु प्यालेसमा आयोजित सो बैठकको प्रमुख अतिथी राजपा नेपालका उपाध्य्क्ष माननिय जयनुल राइन रहनु भएको थियो । उपाध्यक्ष राइनले पर्सा जिल्लामा राजपा पार्टी भित्रको गुटलाइ २४ घन्टाभित्र एकल नेतृत्व सर्कुलर जारी गरि वडा, नगर, महानगर, जिल्ला, गाउपालिका, प्रदेश सम्पूर्ण संगठनले भोलीको दिनमा राजपा पर्सा संगठनले नयाँ फड्को मार्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा केन्द्रिय महासचिव राजेशमान सिंह, केन्द्रीय सचिव राजेश राय यादव, केन्द्रीय सदस्यहरू शम्भु प्रसाद चौरसिया, महाबीर प्रसाद शर्मा, मिनु ठाकुर, बरतुल नेसा, परमानन्द चौधरी, जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, उपाध्यक्ष मदन प्रसाद यादव, उपाध्यक्ष जटाशंकर गुप्ता, सचिव उमेशलाल सहनी, वडा अध्यक्षहरू बैजुलाल स्वर्णकार, रियाज मियाँ ठकुराई लगायतको उपस्थिती रहेको थियो ।