किशोरी सचेतना तथा साईबर क्राइम सम्बन्धी प्रशिक्षण

23

संतोष रन्जितकार
वीरगञ्ज, ४ मंसिर ।
सामुदायिक प्रहरी साझmेदारी कार्यक्रम अर्न्तगत दोस्रो दिन बुधबार वीरगंजको मुनलाईट माविमा किशोरी सचेतना तथा साइबर त्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मुनलाईट माविका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा न. ५ का वडा अध्यक्ष प्रदिफ चौरासिया, बिशेष अतिथिमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई रहेका थिए । कार्यक्रममा साइबर त्राइम बारे छात्राहरुलाई प्रहरी नायब निरिक्षिक बिजय शाहीले प्रशिक्षण दिएका थिए भने डा.दिप्ती यादव र डा.प्रिती यादवले महिनावारीको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको सहजिकरण वीरगंज युजा समाजका सचिब हेमन्त तामांग र प्रहरी हवल्दार राजकुमारी थापाले गर्नुभएको थियो ।
सामाजिक सञ्जालको दुरुपयोगमा विद्यार्थिहरुको संलग्नता रहेको पाइएको हुँदा साथै महिनावारीमा किशोरीहरु सचेत नहुँदा विभिन्न रोगबाट संक्रमित हुने भएकोले विद्यार्थी छात्राहरुलाई सचेत गराउने लक्ष्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।