तालिममा सिकेको शिपलाई रोजगारमुखी बनाउनु पर्छ ः मेयर सरावगी

18

संतोष रन्जितकार
वीरगन्ज, ४ मंसिर ।
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगीले तालिमबाट लिएको शिपलाई अनिवार्य रुपमा रोजगारमुखी बनाउंदै परिवारको आर्थिक स्रोतको रुपमा प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
वीरगन्ज सृजनशिल व्यवसाय तालिम केन्द्रले आयोजना गरेको प्रमाण–पक्र बितरण कार्यत्रममा नगरप्रमुख सरावगीले यस्तो बताउनु भएको हो ।
वीरगन्ज महानगरपालिका र वीरगन्ज उधोग वाणिज्य सघंको आर्थिक सहयोगमा लघु ब्यवसाय विकास कोष पर्साद्धारा संचालित अनौपचारिक क्षेत्रमा सिप बिकास तथा रोजगारी कार्यक्रममा सहभागी प्रशिक्षार्थी युवाहरुलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले आफुले लिएको तालिमलाई व्यवहारमा उतारी आय आर्जनको श्रोत बनाउनुका साथै तालिमबाट प्राप्त प्रविधिक शिपको गुणात्मक विकासले माक्र युवाहरुमा रहेको बेरोजगारीलाई न्युनिकरण गर्नसकिने धारणा समेत व्यत्त गर्नुभयो ।
सृजनशिल व्यवसाय तालिम केन्द्र र एमइडि एफले सम्पन्न गरेको शिकर्मी, एसि र रेफ्रिजेटर एवम् मोटरसाइकल मर्मत सम्वन्धि तालिममा सहभागी ६५ जना युवाहरुलाई प्रमाण–पत्र बितरण गरिएको थियो ।
मगंलबार र बुधबार आयोजित प्रमाण पक्र बितरण कार्यत्रममा वीरगन्ज उधोग वाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, चंचला दास, लघु बिकास कोष पर्साका प्रमुख प्रेम प्रसाद, पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, युवा नेता पिन्टु तिवारी लगायतको उपस्थिती रहेको थियो ।