बालबालिकाहरुले मनाए अन्तर्राष्ट्रिय बालदिवस

56

संतोष रन्जितकार
वीरगंज, ४ मंसिर ।
बालबालिकाहरुले बुधबार आफै वीरगंजमा एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय बालदिवस मनाएका छन् । जिल्ला बाल क्लब संजाल पर्सा, वीरगंज महानगर बाल संजाल, गाउँपालिका स्तरिय बाल संजाल, सखुवा प्रसौनी र वडा बाल क्लब वीरगंज ६ संग आवद्ध बालबालिकाहरुले आफै कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय बाल दिवस मनाएका हुन् । जिल्ला बाल कल्याण समिति पर्साको सभा हलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भिजिट मधेशका संयोजक ओमप्रकाश सरार्फले कोई पनि बालबालिका बालअधिकारबाट बञ्चित नहुनु पर्ने बताए । वीरगंज महानगर बाल संजालका अध्यक्ष नविन पटेलको अध्यक्षतामा भएको कार्यक्रममा, जिल्ला बाल कल्याण समिति पर्साकी प्रमुख साबित्री भण्डारी, समाजिक अभियान्ता प्रकाश थारु, जिल्ला बाल संजालकी अध्यक्ष सिमरन थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन दिब्यानी बाल क्लबका अध्यक्ष अर्जुन साहले गरेका थिए भने स्वागत भाषण इम्प्रोभिङ चाइल्ड क्लब वीरगंजका अध्यक्ष श्रवण गुप्ताले गरेका थिए ।

https://ankushdaily.com/