मेयर सरावगीको बदमासीको कारणले गर्दा सभासद शर्मामाथि हातपात

35

संतोष रन्जितकार
वीरगंज, ४ मंसिर ।
वीरगंज महानगरपालिकाका मेयर बिजयकुमार सरावगीको बदमासी र चुँ·लईको कारणले गर्दा कांग्रेसका दुई नेताहरु बीच बुधबार आदर्शनगरस्थित बब्लु टि स्टल अगाडी हातपात भएको छ ।
वीरगंज महानगरपालिकाको अधिनमा रहेको सभागृह (टाउनहल) अनैतिक तवरले भोला साह कलवारलाई वीरगंज महानगरपालिकाले दिएको र सोको सन्दर्भमा प्रदेश नं. २ का सभासद ओमप्रकाश शर्माले बेलाबखतमा आवाज उठाउंदै आएका थिए ।
सभासद शर्माले वीरगंज महानगरपालिकाका वार्षिक रुपमा बहुत कम पैसा दिने तर एउटा कार्यक्रम र विवाहमा लाखौं रुपैया असुल्नुको साथै टाउनहलभित्र यौनजन्य क्रियाकलाप हुंदै आएको कुरा सुनेर विरोध गरेको कारणले गर्दा त्यसका संचालक भोला साह कलवारले विगत देखि नै आफुलाई देख्ने बित्तिकै गालीगलौज गर्दै आएका बताए । आफुले वीरगंज उद्योग वाणिज्य संघको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नवीन घिमिरे वीरगंज आउँदा सोको बारेमा विरोध गरेको जसको फलस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक टाउनहलको बारेमा पत्र लेखि बुझ–बुझारथ गरेर पछिल्लो समयमा एक पत्र लेखि टाउनहलको सम्झौता रद्द गरी पुनः टेण्डर आव्हान गर्न पत्र पठाएको छ । त्यो पत्रलाई नगरप्रमुख सरावगीले दबाएर तपाईकै पार्टीको सभासदको कारणले यस्तो पत्र आयो भनेर भोला साह कलवारलाई उचालेपछि यो घटना घटेको ओमप्रकाश शर्माको भनाई रहेको थियो ।
शर्माले पार्टीको आन्तरिक चुनाव हुंदाको बखत आफु र भोला अजय द्विवेदीलाई जिताउने टिममा सहभागि रहेको र हरिओम पार्टी प्यालेसमा राखेको कार्यकर्ताहरुलाई खाना र नास्ता खुवाउने जिम्माको ठेक्का भोलाले लिएको र त्यसको भुक्तानीको जिम्मा आफ्नो रहेको भन्दै रु.१२० मा सादा खाना र रु.२०० मा मासुभात खुवाउने जिम्मा भोलाले सकार गरेर सहभागी भन्दा बढी ३ छाक खानाको रु. १५ लाख बिल बनाएपछि आफुले यो ठगी हो म भुक्तानी गर्दिन भनेर जितिसकेका नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीलाई भने । उनले भइगयो रु. १० लाख दिदिनुस् भनेर भनेपछि आफुले पैसा दिए । त्यही बखतदेखि भोलाले जहाँ हेरेपनि मलाई गालीगलौज गर्दै आएका थिए । यस सन्दर्भमा पटक–पटक मैले पार्टी सभापति अजय द्विवेदीलाई भन्दै आएको भएतापनि उनले कुनै चासो नदेखाएको कारणले गर्दा आजको घटना भएको ओमप्रकाश शर्माको भनाई रहेको छ । मंगलबार बिहान घडिअर्वा पोखरीमा मर्नि· वाक गर्दा नवनित र हरिजीलाई हेरेर भोलाले ओमप्रकाश शर्मालाई तथानाम गालीगलौज गरेका थिए । त्यो कुरा ओमप्रकाश शर्मालाई त्यसबखत घडिअर्वा पोखरीमा रहेका व्यक्तिहरुबाट जानकारी प्राप्त भयो ।
बुधबार बिहान पनि ओमप्रकाश शर्मा साथी भाईहरुसंग बसीरहेको बखत भोला कलवार गएर गालीगलौज गरेपछि शर्माले प्रतिकार गरे । दुवैबीच धकेला–धकेल र घम्सा–घम्सी भयो ।
त्यसपछि भोला कलवारले बजारबाट मान्छे बोलाएर सभासद शर्मामाथि हातपात गराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस सन्दर्भमा प्रथम चरणको हातपातपछि सभासद शर्माले पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरलाई जानकारी गराएको तर त्यहीनजिक कैलाश होटल चौकमा प्रहरी उपस्थित रहेको भएतापनि नआएको उनले गुनासो गरे ।
शर्मा र कलवार दुवै दोस्रो चरणको घटनापछि नारायणी अस्पतालमा उपचार गराउन पुगे । सामान्य उपचारपछि सभासद शर्मा घर फर्किएका छन् भने भोला कलवार थप उपचारको लागि काठमाण्डौं शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
शर्माले आफुमाथि भएको अभद्र व्यवहारको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको बुझिएको छ । नेपाली कांग्रेसका वीरगंज महानगरपालिकाका नगरसभापति भोला साह कलवार काठमाण्डौं उपचार गराउन गएको र सो बारे कुनै प्रतिक्रिया प्राप्त नभएको बताइन्छ ।