राजपा पर्साको पहिलो बैठक सम्पन्न

5

संतोष रन्जितकार
वीरगंज, ४ मंसिर ।
जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा बुधबार राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ ।
बैठकमा उपस्थित भएका जिल्ला पार्टीका अगुवा तथा भातृ संगठनका प्रमुखहरुलाई नेता सिंहले चौबिसै घण्टा जनताको समस्यामा साथ रहन निर्देशन समेत दिनुभएको थियो ।
नेता सिंहले जिल्लाको बलियो नेतृत्व अभावलाई पुरा गर्नको लागि आफुले जिल्लाको नेतृत्व सम्हालेको बताउँदै अन्य पार्टी भन्दा फरक रुपमा प्रस्तुत हुने दावी गर्नुभयो । सिंहको नेतृत्वमा बसेको बैठकमा पार्टीको गतिविधिलाई जनस्तरमा केन्द्रित गर्नका लागि पर्साको चारै क्षेत्र र महानगरपालिका लगायत सबै नगरपालिका तथा गाउँपालिकामा समेत मंसिर महिना भित्र पार्टी कार्यालय खोल्ने निर्णय गरिएको थियो ।
बैठकमा उपाध्यक्षहरू मदन यादव, जटाशंकर गुप्ता, प्रदीप चौरसिया, सचिव उमेश लाल सहनी, सह–सचिव उमाशंकर प्रसाद सर्राफ, सदस्यहरू बाबुलाल यादव, शम्भु चौरसिया, मिनु ठाकुर, बरकतुल नेसा, खैरूद्दीन मियाँ, लियाकत अली, अयुब मियाँ, बैजु स्वर्णकार, मनोज ठाकुर, रियाज मियाँ, सलाउद्दीन मंसूरी, मधुसूदन चौरसिया, संगीता दास, रेखा पासवान लगायतको सहभागिता रहेको थियो ।