लागुपदार्थ सेवनबाट हुने हानी/नोक्सानी सम्बन्धी प्रशिक्षण

80

संतोष रन्जितकार
वीरगंज, ५ मंसिर ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. ५ स्थित मुनलाइट बोर्डि· स्कुलमा लागुपदार्थ सेवनबाट हुने हानी/नोक्सानी सम्बन्धी प्रशिक्षण दिइएको छ । सो कार्यक्रम सामुदायिक सेवा केन्द्रका सदस्य भवानी घिमिरेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक बिजय कुमार शाही र विशिष्ठ अतिथि रिकभरि· नेपालका अजित राई रहनु भएको थियो । सो स्कुलका १५० जना विद्यार्थीहरुलाई लागुपदार्थ सेवन गर्नाले त्यसबाट हुने हानी/नोक्सानी बारेमा वडा प्रहरी कार्यालय बिर्ताका नायब निरिक्षक शाही र रिकभरि· नेपालका राईले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष तथा सामुदायिक सेवा केन्द्रका संरक्षक प्रदिप चौरसिया, पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, मुनलाइट स्कुलका अध्यापक सुलभ केसी, अध्यापक हेमन्त तामा·, सामुदायिक सेवा केन्द्रका सन्जु दाहाल, रामबाबु रायमाझी, सम्झना मल्ल, ज्ञानमाया रायमाझी, प्रहरी जवान सुनिता विक लगायत संचारकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक सेवा केन्द्रका सचिव श्रवण रायमाझीले गरेका थिए ।

https://ankushdaily.com/