सामाजिक कुरिती विरुद्ध जनचेतना मूलक कार्यक्रमको आयोजना

27

संतोष रन्जितकार
वीरगंज, ५ मंसिर ।
दाइजो एवम समाजिक कुरिति बिरुद जागरण मंचले बिहिबार सामाजिक कुरिती विरुद्ध जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष वृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा रहेको फ्लस टु मा सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यत्रममा सहभागि प्लस टु का सबै छात्रछात्राहरुले बालविवाह र दाइजोप्रथा प्रति सचेत रहने बताएका थिए ।
कार्यक्रममा वडा नं. ५ का वडाअध्यक्ष बिहारी महतो नुनिया, संरक्षक सुरेन्द्र कुर्मी, प्रधानाध्यापक न्यादुदिन मियाँ तेली, शशिभूषण कुमार बिन लगायत स्थानीय बुद्धिजिबीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संचालन अभिषेक तिवारी गरेका थिए भने स्वागत मन्तब्य प्रकाश थारुले दिएको थिए ।