अतिरिक्त शुल्क फिर्ता नगरेकोले मेडिकल कलेजका विद्यार्थीहरुद्वारा धर्ना

6

संतोष रन्जितकार
वीरगंज, ६ मंसिर ।
चर्को शुल्कको बिरोध गर्दै वीरगंज स्थित नेशनल मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन । ऊक्त कलेजमा अध्ययनरत १८ औं ब्याचका विद्यार्थीहरूले बिहीवारदेखि आन्दोलन शुरू गरेका हुन । सरकारले अतिरित्त शुल्क फिर्ता लिन आदेश दिएपनी अहिले सम्म कुनै कार्वाही अगाडि नबढाएको प्रति विद्यार्थीहरुले आन्दोलन गरेका हुन ।
ॅअतिरिक्त शुल्क फिर्ता गर’, ॅमेडिकल माफिया मुर्दाबाद’, ॅविद्यार्थीलाई मानसिक तनाव दिन पाइँदैन’, ॅकलेज प्रशासनको विद्यार्थीसँगको सम्बन्ध सुमधुर हुनुपर्छ’ लगायतका नाराहरु लेखिएका प्लेकार्ड सहित विद्यार्थीहरुले कलेजको अगाडी धर्ना दिएका थिए ।
साँझ ५ बजे धर्ना सकिएपछि कलेजको व्यवस्थापन पक्षले कलेजको ढोका बन्द गरेको थियो । आन्दोलनरत विद्यार्थीहरू रातिसम्म कलेजबाहिर बसिरहेका जानकारी प्राप्त भएको छ ।
नेपालभरिका मेडिकल कलेजका विद्यार्थीहरूले आन्दोलन गर्दा सरकारले १५ दिनको अन्तिम म्याद तोकी रकम फिर्ता गर्न निर्देशन दिएकोमा सो म्याद सकिन चार दिन मात्रै बाँकी रहेकोले विद्यार्थीहरूले धर्ना दिन शुरू गरेका हुन् । सरकार र कलेज व्यवस्थापन बीच बढी रकम फिर्ता दिने सहमति भएको तर रकम फिर्ता नगरेका नेशनल मेडिकल कलेजलगायत अन्य कलेजहरूमा आन्दोलन जारी छ ।
यसअघि विद्यार्थीहरूले गत काक्तिक ८ गतेदेखि एक सातासम्म आन्दोलन चर्काएका थिए । सो त्रममा कलेजको व्यवस्थापन पक्षले विद्यार्थीहरूमाथि मानसिक यातना सहित भौतिक कारवाही गरेको थियो ।