नेविसंघ ठाराब ईकाई समितिद्वारा क्याम्पस प्रशासनलाई ज्ञापन

58

संतोष रन्जितकार
बीरगञ्ज, ६ मंसीर ।
नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस ईकाई समितिले विभिन्न मांगहरू राखेर क्याम्पसमा भईरहेको दैनिक तालाबंदीको अन्त्यका लागी क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
शिक्षाको क्षेत्रमा दैनिक रूपमा विभिन्न संघ संगठनहरूको समुहले विभिन्न मांगहरू राखेर दैनिक रूपमा गरिएको तालाबंदीले विधार्थीहरूको पठन–पाठनमा समस्या उत्पन्न भएकोले क्याम्पस प्रशासनलाई यो समस्याको समाधानका लागी ज्ञापन पत्र बुझाइएको नेविसंघ ठाराब ईकाई समितीका अध्यक्ष मनोज साहले बताउनु भयो ।
कुनै संगठनले एउटा विभागमा तालाबंदी गरेको छ भने अर्को समुहले अर्को विभागमा तालाबंदी गरेर दैनिक पठन–पाठनमा समस्या भइरहेकोले यसको निकास निकाल्नका लागी नेवि संघले क्याम्पसको प्रशासनलाई चाडो भन्दा चाडो समस्या समाधान गर्न जोडदार मांग गरेको नेता साहले बताए ।

https://ankushdaily.com/