व्यक्तिगत झगडा जातीय रुपमा परिणत हुंदै

वीरगंज उद्योग वाणिज्य संघ न्यायाधिश होइन ः विश्वामित्र

22

वीरगंज, ६ मंसिर ।
वीरगंजको बब्लु चिया पसलमा प्रदेश सभासद ओमप्रकाश शर्मा र भोला कलवार बीच भएको राजनैतिक झगडा अहिले जातीय रुप धारण गर्दै गएको छ । झगडा पछि प्रदेश सभासद शर्माको पक्षमा वीरगंज उद्योग वाणिज्य संघले भोला कलवारलाई अपराधी देखाउंदै प्रेस विज्ञप्ति जारी गरेपछि कलवार समुदाय पनि तातिएर शुक्रबार कलवार कल्याण समितिमा कलवार समुदायहरुको भेला डांकेको थियो । सो भेलाको निष्कर्षपछि कलवार कल्याण समिति वीरगंजका सचिव किशोरी प्रसाद कलवारले एक प्रेस विज्ञप्ति जारी गरी समाजका जिम्मेवार तहबाट भएको यो झगडाप्रति ध्यानाकर्षण भएको तर उद्योगा वाणिज्य संघले जारी गरेको विज्ञप्तिप्रति आफ्नो संगठन घोर भत्सर्ना गरेको आरोप लगाइएको छ । प्रदेश सभासद ओमप्रकाश शर्मा र नेपाली कांग्रेस वीरगंजका नगरसभापति भोला साह कलवार बीच भएको आपसी झगडामा एक पक्षिय प्रेस विज्ञप्ति प्रकाशित गरेपछि कलवार कल्याण समितिका पूर्व अध्यक्ष विश्वामित्र कलवारले कडा प्रतिक्रिया जनाउंदै घटनाको तथ्य नबुझि भोला कलवारलाई अपराधी भन्ने वीरगंज उद्योग वाणिज्य संघलाई कसले अधिकार दियो ? भन्ने प्रतिप्रश्न गर्दै एउटै दलभित्रका दुई नेताबीच भएको वादविवाद दुःखद भएको भन्दै त्यसको छानबिन हुनुपर्ने बताए । घटनामा दोषी ठहरिएकोलाई कारवाही हुनुपर्छ भन्दै विश्वामित्रले सतही विश्लेषण गरेर कोही पनि राजनीतिक नगरोस् भन्ने चेतावनी दिनुभयो ।
यस सन्दर्भमा काठमाण्डौ शिक्षण अस्पतालमा उपचारार्थ भोला कलवारले सामान्य वादविवादमा ब्लैक बेल्ट रहेका ओमप्रकाश शर्माले गरेको प्रहारबाट आफु गम्भिर घाइते भएर उपचार गराइरहेको र थप उपचार गराउन मुलुक बाहिर जानुपर्ने स्थित सृजना भएको बताए ।

https://ankushdaily.com/