सशस्त्र प्रहरीद्वारा विभिन्न सामानहरु बरामद

47

संतोष रन्जितकार
बीरगञ्ज, ६ मंसीर ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती एरीयाबाट सशस्त्र प्रहरीले भन्सार छलीका विभिन्न समानहरू बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल १४ नम्बर गुल्म (राजश्व तथा भन्सार गस्ती सुरक्षा) पर्साबाट खटिएको टोलीले अवैध रूपमा भन्सार छली भित्र्याईएको विभिन्न समानहरू बरामद गरेको हो ।
बरामद गरिएको समानहरूमा लत्ता कपडा, हार्डवेयर, गाडीको पार्टस, किराना सामानहरु, पानी छान्ने फिल्टर र रोटरी स्विच रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले जानकारी दिनु भयो ।
बरामद समानहरूको मुल्य २ लाख ६६ हजार बराबरको रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले बताउनु भयो । बरामद समानहरूलाई थप आवश्यक कार्यवाहीको लागी बीरगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।

https://ankushdaily.com/