खेलकुदले जीवनलाई अनुशाशित बनाउछ ः अध्यक्ष चौहान

12

वीरगंज, ७ मंसिर ।
वीरगंजस्थित नारायणी रंगशालामा शनिबार पर्सा स्कुलस् ग्रुपले आयोजना गरेको क्रिकेट टी–२० टुर्नामेन्टको उद्घाटन सम्पन्न भएको छ । सो उद्घाटन नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको विशिष्ठ अतिथि समाजवादी पार्टी प्रदेश नं. २ को उपाध्यक्ष शुशिल यादव रहनु भएका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष चौहानले खेलकुदले मानव जिवनलाई अनुसाशित तुल्याउन महत्वपूर्ण भूमिका खेल्छ भन्दै यो पृथ्वीका साना–साना राष्ट्रहरु पनि विश्व मानचित्र दखल दिने गरेका छन् । अहिलेको समयमा विद्यार्थी जिवनमा खेलकुद एउटा अनिवार्य विषय भएको भन्दै खेलकुद र पढाई संगसंगै लिएर हिड्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी श्री पशुपति विक्रम शाह, रिपोटर्स क्लवको मध्यमाञ्चल संयोजक कन्हैया गुप्ता, पत्रकार उज्जवल घिमिरे, शिक्षक–शिक्षिका, विद्यार्थीहरु र स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।