ग्रीन सिटीद्वारा १२ औं चरणको वृक्षारोपण सम्पन्न

10

संतोष रन्जितकार
वीरगंज, २८ असोज ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा १२ औं चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सो वृक्षारोपण कार्यक्रम ग्रीन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको हो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाही रहनु भएको थियो । पर्साका प्रहरी नायब उपरिक्षक शाहीले आदर्शनगरको विभिन्न स्थानको सडकपेटीमा वृक्ष रोपी पानी हाली कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सो वृक्षारोपण कार्यक्रम ग्रीन सिटी आदर्शनगरको सडकपेटीबाट शुरु गरी पुनः ग्रीन सिटी सामुदायिकमा पुगेर सम्पन्न भएको थियो । सो वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका ५० बिरुवाहरु रोपिएका थिए । कार्यक्रममा पर्सा ट्राफिकका प्रहरी निरिक्षक राजकुमार सिंह, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक बिजय कुमार शाही, आदर्शनगर प्रहरी चौकीका प्र. ना. नि. सुर्य नारायण चौधरी, रुंगटा वेलफेयर सोसाइटीका सुरेश रुंगटा, ग्रीन सिटी सामुदायिकका मुकेश खेतान, मुर्ली जालान, ज्योती रुंगटा, रतन टेमानी, दिपक बाहेनी, त्रिलोकचन्द्र दारुका लगायत संचारकर्मी र भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।